Twitter

Follow palashbiswaskl on Twitter

Sunday, April 5, 2015

समाजमा चेत फर्किएको बेला

समाजमा चेत फर्किएको बेला

जित्नेले इतिहास त लेख्छ तर भविष्य लेख्न सत्तैै्कन र भविष्य लेख्न नसक्नेको इतिहास अन्ततः झुठो ठहर्छ। कुनैपनि विजेताले झुठको पर्खाल निर्माण गरेर सत्यलाई लुकाउन न पहिले कहिल्यै सकेको थियो न पछि कहिल्यै सक्नेछ। त्यसैले विजय आफँैमा निराकार हुँदैन।
साधनले मात्र कसैको विजयलाई अमरत्व प्रदान गर्न सत्तै्कन, साध्य सर्वाधिक बलवान् हुन्छ। नैतिक युद्धले लेखेको इतिहास सदा अमर रहन्छ। साध्यको मतलब नगरी सुरु गरिएका लडाइँलाई धर्म युद्ध भनिदैन र असत्य लडाइँको विजय क्षणिक हुन्छ। विश्वको इतिहासमा यो शाश्वत सत्य बारम्बार प्रमाणित हुँदैआएको छ। नेपालमा पनि यस्ता गलत युद्धका विजेताको शासन अल्पकालीनै रहेका छन्। तर मानव इतिहासमा त साध्यको परवाहै नगरी बारम्बार ठूल्ठूला युद्ध पनि लडिएका छन्, आफ्नो शासन स्थापित गर्न जस्तोसुकै सम्झौता गर्ने लडाकु पनि प्रकट भएका छन्। यिनको विजयले समाज बेलाबेलामा दिग्भ्रमित बन्न पुग्छ तर चाँडैनै समाजमा चेत फर्कन्छ र सत्यले सधैँ विजय प्राप्त गर्छ। डा. गोविन्द केसीको १२ दिनको अनशनले प्राप्त गरेको विजय पनि समाजमा फर्किएको चेतको परिणाम हो। नेपालका शासकले यस सत्यलाई आत्मसात् गर्नसकेका छैनन्।

समाजमा सधैँ सत्य र असत्यबीचमा लडाइँ चलिरहेको हुन्छ। समाजमा सत्यको लडाइँले धेरै विजय प्राप्त गर्न थालेपछि गरिब, निमुखा, पीडित र सीमान्त जनताको जीवनस्तर उकासिन थाल्छ। लडाइँमा असत्यको बोलबाला रहेसम्म सम्पूर्ण जनताको नाममा सीमित वर्गले फाइदा उठाउँछन् र गरिब तथा निमुखा जनता सधैँ रोग, भोक र शोकको आगोमा पिल्सिरहन्छन्। हाम्रो समाजमा अहिलेसम्म ज्यादातर लडाइँ सत्यका नाममा लडिएका असत्यका लडाइँ हुन्। सत्यको लडाइँ भन्ने भ्रममा जनता परिवर्तनका खातिर आफ्नो ज्यान उत्सर्ग गर्न तयार भएर तातो गोलीको पर्वाह नगरी सडकमा उत्रन्छन् तर विजयी शासक अन्ततः गैरजिम्मेवार, शोषक र भ्रष्ट निस्कन्छन्। त्यसैले नेपालीको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन नसकेको हो।

अहिले जनताका प्रतिनिधि सबैभन्दा ठूला सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि सधै समाजमा संघर्ष गर्दैआएका छन् तर यिनको विजयपश्चात् नेपाली समाजले कहिल्यै समानता र सामाजिक न्यायको अनुभूति गर्न पाएका छैनन्। विसं २०४६ सालसम्म जनताप्रति अनुत्तरदायी सरकार थियो तर त्यसपछि बनेका सरकार पनि व्यक्तिमुखी, नातामुखी, दलमुखी र आर्थिक फाइदामुखी बन्न पुगेको देखियो। त्यसैको फलस्वरुप २०६० सालमा तत्कालीन राजाले शासनमा प्रत्यक्ष हस्तक्षेप गर्दासमेत जनस्तरबाट ठूलो विरोध भएन। तर राजाको शासन आफैँमा अत्यन्त गैरजिम्मेवार र जनहितविपरीत भएका कारण यिनै दुई दल जन समर्थन लिएर राजतन्त्रलाई पाखा लाउन सफल भए। तर फेरिपनि यिनको मति फर्किएन। सबै क्षेत्रमा व्यापक भ्रष्टाचार, गैरजिम्मेवारी र नैतिक कमजोरी फेरि पनि अत्यन्त बढेर गएको छ। जनता फेरि पनि कुनै विकल्पको खोजीमा छन्। विकल्प चाहे तिनै दलबाट सिर्जित होस् वा बाहिर खोज्नु परोस् तर जनतालाई विकल्प चाहिएको देखिएको छ।

राजनीतिक नेतृत्वको चरित्र फेर्ने चर्चा सुरु गर्न लागि अहिलेे अत्यन्त उपयुक्त समय छ। किनभने समाजमा चेत फर्केको छ। पैसा र शासकीय बलका आधारमा जस्तोसुकै जनविरोधी कामलाई पनि समर्थन गर्ने अवस्थामा पुगेको देशमा अचानक परिवर्तनको ताजा हावा बहेको छ। अब यस देशमा अनैतिक, भ्रष्ट, नातावादी, कृपावादी र गलत नेताको जरुरत छैन भन्ने बेला अहिल्यै हो। अहिले नै हो यो देशमा गलत तत्वको जरो उखेलेर सही तत्वको मलजल गर्ने बेला। यस अवस्थामा पनि नेपाली जनताले सही आवाज बुलन्द गर्न सकेनन् भने डा. गोविन्द केसीको जस्तो सत्याग्रह र सत्यको विजय हुने अर्को अवस्था आउन धेरै समय लाग्नसक्छ।

सत्य र स्वच्छ नेतृत्व नयाँ दल र नयाँ व्यक्तिबाट मात्र आउँछ भन्ने पनि केही निश्चित हुँदैन। स्थापित शक्ति र राजनीतिक दलमा पनि सकारात्मक सोच भएका स्वच्छ चरित्रका व्यक्तिको उत्थान हुनुपर्छ। नेपाली कांग्रेसको आसन्न महाधिवेशन यस्तो शक्ति उदय हुने अत्यन्त सुनौलो मौका हुनसक्छ। अहिले भ्रष्टाचारको आहालमा पसेकाहरू जसरी पनि धेरै पैसा कुम्ल्याएरमात्र दलको माथिल्लो स्थानमा पुग्न सकिन्छ र त्यहाँबाट सिंहदरबारको बाटो सहज हुन्छ भन्ने सोच राखेर ब्रम्हलुटमा लागिपरेका छन्। तिनको अस्तित्व नै पार्टीबाट मेटिनुपर्छ। चाहे त्यस्ता व्यक्ति धेरैपल्ट मन्त्री भएका ठूला नेता हुन्, बारम्बार निर्वाचन जितेका हेभिवेट हुन्, कुनै महान् नेताका छोरा, छोरी वा भतिजा हुन् वा माफियाको बलमा पार्टी राजनीतिको मूलमा पुगेर सत्तामा पुग्ने सपना बुन्नेहरू हुन् ती कसैलाई पनि अघि बढ्न दिइनु हुँदैन। हुनत, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुने अवस्थासम्म पुग्दा कतिपयले नैतिकता, इमानदारी र सच्चरित्रताको हवन गरिसकेका हुन्छन्। तर इमानदारी र नैतिकताको बाटोमा हिंड्न र देशको अस्तित्वका लागि मरिमेटन तयार जनतिनिधि अझै धेरै छन् र तिनको चेतना यस पटकको महाधिवेशनमा खुल्नुपर्छ। यस्तो चेत अन्त पनि खुल्नुपर्ने अवस्था छ।

समाजमा चेत फैलिएको यस्तो अवस्थामा राजनीतिक नेतृत्व भने अझै अचेत देखिन्छ। यो अचेत वर्गलाई अझै पनि विदेशी प्रभुको चरणमा लम्पसार पर्नु र अकुत सम्पति थुपार्नुमात्र राजनीतिक प्रगतिको बाटो हो भन्ने भ्रम छ। यिनको विचारमा नेपालको सम्पूर्ण चुरे डाँडा काटेर प्रभुको घर घरमा बाटो बनाउन दिएको अवस्थामा मात्र आफ्नो भविष्य सुध्रन्छ छ। यिनलाई लाग्छ, नेपालको अध्यागमनको सम्पूर्ण जिम्मेवारी विदेशीलाई दिइयो भनेमात्र प्रभु खुसी हुनेछन्। भ्रष्टाचारी देशको सूचीमा करिब १०० नंबरको हाराहारीमा पर्ने दुई देशमा एक देशका कर्मचारीले अर्को देशमा आतंककारीको प्रवेशमा रोक लगाउन सक्छन् भन्ने सोच आफैँमा कति विकृत र असंगत छ त्यसको चर्चा गरिराख्नै पर्दैन। तर सर्वसाधारण जनता यिनका विरुद्ध नउत्रेसम्म आमाको अस्मिता लुटाएर एक छाक टार्न उद्यत यस देशका ठेकेदारहरूको बोलबाला कायम रहन्छ। कुनै पद पाइन्छ भन्ने लोभ साधेर बसेका विद्वत वर्ग सेतो र कालोको विभेद खुट्याएर बोल्न अघि नसर्दसम्म आफूलाई सार्वभौम देशका स्वतन्त्र जनता हुँ भन्न नेपालीलाई अझै गाह्रै देखिन्छ।

यी अचेत वर्गलाई जनताको समर्थन र समर्पणमा गरिने कार्यले मात्र सकारात्मक ऊर्जा प्रदान गर्छ भन्ने चेत कहिल्यै पलाएन। संविधान निर्माण र परिवर्तन गर्नसक्ने सामर्थ्य भएका दल एक जना निष्ठावान् डाक्टरको सत्याग्रहका सामु कसरी लाचार भए भन्ने यस्तो सशक्त उदाहरणबाट समेत यो तत्व केही सिक्न चाहँदैन। विगतमा पञ्चायतको बिगबिगीमा अर्बौँको सम्पत्ति कमाएका नेताको प्रजातन्त्रमा के हाल भयो? प्रजातन्त्रको दुहाई दिएर भ्रष्टाचारीका अगुवा बनेकाको लोकतन्त्रसम्म आइपुग्दा के चाला भयो? 'जनयुद्ध'का नाममा जनतालाई लुटेर जम्मा गरेको सम्पत्तिवालको ऐश्वर्य कति टुक्रा र कति कमजोर भयो यी सबैको हिसाबकिताब पनि राख्दैनन् र यिनबाट केही शिक्षा पनि लिँदैनन् हाम्रा नेता।

कैयौँपल्ट मौका पाउँदा पनि सरकारमा नगएका सुशील कोइरालालाई प्रधानमन्त्रीको कुर्सी प्राप्त भएपछि त्यसको मोह बढ्यो। सत्ता सहयोगी एमालेका १६८ सभासद्ले पत्र लेखेर धम्क्याए भन्दैमा आफैँले गरेको सम्झौता तोड्न उनी उद्यत भए। तर जनताको सशक्त प्रतिरोधका कारण कति लज्जास्पद घुँडा टेकाई भयो? अब पनि नसिक्ने?

एमालेका सम्पूर्ण उच्च नेतृत्व वर्गको नाक फेदै काटिएको छ केसीको अनसनमा झुक्नु परेको कारण। संविधान बनाउन एमालेले देखाएको अडानबाट कमाएको साख पनि यिनले सबै टुकुचामा बगाए। आखिरमा एमाले सम्पूर्ण दल राजेन्द्र पाण्डेको अनुयायीभन्दा बढी केही होइन भनेर प्रमाणित भएको छ केसीको अनशन प्रकरणमा। तर हामीले स्वदेशबाट मात्र होइन विदेशबाट पनि केही सिकेनौ।

हार्वड विश्वविद्यालयका प्राध्यापक क्यलेस्टस जुमाले एक टि्वटमार्फत शक्ति र सम्पत्तिले जनमत जित्न सकिँदैन भन्ने सशक्त उदाहरण पेस गरेका छन्। यो उदाहरण नेपालका लागि पनि उत्तिकै सान्दर्भिक हुन्छ किनभने नेपालका शासकको नैतिकताको धरातल अफ्रिकी शासकको भन्दा धेरै माथिल्लो छैन। अफ्रिकी शासक अत्यन्त भ्रष्ट, त्रू्कर, तानाशाही देखिन्छन् र सत्तामा आएपछि बाँचुन्जेल शासन गर्न चाहन्छन्। तर जुमाका अनुसार सन् ९० को दशकदेखि अहिलेसम्म १९ पटकभन्दा बढी निर्वाचनबाट शासक पराजित भएका छन्। हालै नाइजेरियाका अत्यन्त सशक्त राष्ट्रपति गुडलक जोनाथन पनि निर्वाचनमा पराजय भोग्न बाध्य भएका छन्। यसभन्दा अघि मलावी, जाम्बिया, बेनिन, मडागास्कर, सेनेगल, आइभोरी कोस्ट, बुरुन्डी, सोमालियाआदि देशमा यस्तै परिवर्तन भएको थियो। यसको अर्थ शासक तानाशाह, शक्तिशाली, धनी र चतुर हुँदैमा जनताको समर्थन प्राप्त हुँदैन भन्ने न हो। असल शासक जनताप्रति उत्तरदायी, स्वच्छ र निष्ठाको राजनीतिमा विश्वास गर्ने व्यक्ति हुनुपर्छ। नेपालमा निष्ठावान र स्वच्छ शासकको जरुरत हुनाले समाज जागेको बेला त्यसका लागि पहल हुनुपर्छ।
- See more at: http://nagariknews.com/opinion/story/35976.html#sthash.A0Sba8qU.dpuf

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Welcome

Website counter

Followers

Blog Archive

Contributors