Tej Kumar Karki
As per Nepal's Interim Constitution 2007, civil servants and industry based workers can form trade unions to protect their collective rights and interests.
Civil Service Act 1993 also allows civil servants to form trade unions.
राजनीतिक आस्थाका आधारमा खुलेका सबै कर्मचारी संघ/संगठनकानेताहरूमा आ-आफ्ना दलनिकट कर्मचारीलाई आकर्षक कार्यालयमासरुवा गराउने र तिनबाट नाजायज फाइदा लिने प्रवृत्ति मौलाएको छ।
संघ/संगठनका नेताहरू आफूनिकट कर्मचारीलाई कमाउ अड्डामापठाउन सरुवाको निर्णय गर्ने बेला सामान्य प्रशासन, महालेखानियन्त्रक कार्यालय, मन्त्रालय र विभागका प्रमुखलाई दबाब दिने रनमाने धम्क्याउने, कालोमोसो दल्ने गरेका घटना समेत छन् ।
राजनीतिक रूपमा संरक्षण प्राप्त कर्मचारी संघ/संगठनका नेता देख्दानिजामती प्रशासनका उच्च अधिकारीहरू डराउनुपर्ने अवस्था रहेकोसामान्य प्रशासन मन्त्रालयका अधिकारी बताउँछन् ।
कुनै पनि पार्टीसित सम्बद्ध नभएका कर्मचारीले संघ/संगठनकानेतालाई निजामती प्रशासनभित्रका 'डन' को संज्ञा दिन्छन् ।
ती अधिकारीले कमाउ अड्डामा संघ/संगठनको सिफारिसमा जानेकर्मचारीले अनियमितता गरे राजनीतिक संरक्षणका कारण कारबाहीगर्न नसकिने भएकाले सरकारी कार्यालयमा भ्रष्टाचार मौलाउँदैगएको बताए ।
संघ/संगठनले सहसचिवबाट क-कसलाई सचिवमा बढुवा गर्ने भन्नेसूची नै बनाएर आफूसम्बद्ध दललाई सिफारिस गर्ने प्रचलन बढेको छ। यस्तो प्रवृत्तिले सिंगो निजामती प्रशासनमा राजनीतीकरण हावीभएको छ ।
'सचिवको बढुवासमेत राजनीतिक दलसम्बद्ध कर्मचारी संघ/संगठनको सिफारिसमा हुन थालेपछि निजामती प्रशासन कसरीनिष्पक्ष र तटस्थ हुन सक्छ ?' ती अधिकारीले भने ।
कर्मचारी युनियनको राजनीतीकरणका कारण योग्य र सक्षमकर्मचारीहरू पाखा लागेको र कर्मचारी संयन्त्र शिथिल बनेकालेनिजामती सेवालाई चुस्त दुरुस्त राख्न पनि दलहरूको छत्रछायामाहुर्केका भ्रातृ संगठन सरहका युनियनहरू खारेज हुनैपर्ने उनको मागछ ।
'कर्मचारी संघ/संगठनहरूको राजनीतिक दलसँगको आबद्धता खारेजगरी' निवेदकको अर्काे माग छ, 'सम्पूर्ण कर्मचारीको एउटै साझा संघ/संगठनको निर्वाचन वा गठन गर्नू/गराउनू भनी उल्लेखितविपक्षीहरूको नाममा उपर्युक्त आदेश जारी गरिपाऊँ ।'
|
No comments:
Post a Comment