Gopal Tamang Writes
August 11 · Edited
६ प्रदेश एकल बाहुन राज्यको निरन्तरता हो ।
६ प्रदेशको संघीयताको मोडेल फेरि पनि नेपाललाई खसआर्य जाति (बाहुन क्षेत्री शासक) ले एकल जातिय रुपमा आफ्नै मात्र बर्चस्व र हालिमुहालिका साथ शासन गरिरहने षड्यन्त्र हो । योमैले कल्पना गरेर बोलेको कुरा हैन तथ्यांकले चिच्याइ चिच्याइ बोलिरहेको सत्य हो । एकछिन ठन्डा दिमाग लगाएर ६ प्रदेश भित्रको जातिगत जनसंख्याको तथ्यांक हेर्नुहोस अनि आफैंपनि बिचार गर्नुहोस् र मैले प्रकाश पारेको कुरा पनि मनन गरेर हेर्नुहोस ।
बि.सं २०६८ (सन २०११) को तथ्यांक अनुसार प्रदेशगत जातिय जनसंख्या निम्नानुसार हेर्नुहोस ।
प्रदेश नं १
क्षेत्रि बाहुन 26.85%
राई 11.32
लिम्बू 8.04
तामाङ 4.66
मगर 4.17
थारु 4.15
नेवार 3.72
मुसलमान 3.59
कामी 3.28
प्रदेश नं २
यादव 14.78
मुसलमान 11.58
थारु 5.27
प्रदेश नं ३
बाहुन क्षेत्रि 35.56
तामाङ 20.42
नेवार 16.92
मगर 4.89
प्रदेश नं ४
बाहुन क्षेत्रि 32.61
मगर 17.43
गुरुङ 10.27
कामी 8
प्रदेश नं ५
बाहुन क्षेत्रि 28.2
मगर 15.77
थारु 14.43
मुसलमान 6.71
कामी 6.61
प्रदेश नं ६
बाहुन क्षेत्रि 52.72
थारु 11.27
कामी 10.98
ठकुरी 6.74
मगर 5.1
माथिको तथ्यांक अनुसार प्रदेश नम्बर २ बाहेक अन्य ५ वटा प्रदेशमा बाहुन र क्षेत्रीको जोडेर जनसंख्या बाहुल्य छ । ताराईको आदिवासी थारु जातीलाई ५ वटा प्रदेशमा छरेर कतै पनिबाहुल्य नहुने षड्यन्त्र गरेको छ । त्यस्तै मगरलाई पनि त्यसरी नै ५ वटै प्रदेशमा तितरबितर पारेर सवैतिर अल्पसंख्यक हुने गरि डिजाइन गरिएको छ । दलित समुदायको हकमा वर्तमानएकात्मक राज्यमा कुनै जिल्लामा सघन बस्ती छैन त्यसैले अब बन्ने प्रदेशहरुमा दलितहरू स्वत: टुक्रिएको छ ! ५ प्रदेशमा आफ्नो बाहुल्य कायम हुने डिजाइन कोरेर शासक जातिकोपहिलो षड्यन्त्र सफल भइसक्यो । अब ती ५ प्रदेश भित्र निर्वाचन क्षेत्र निर्धारण गर्ने बेला प्रत्यक प्रदेशको तामाङ नेवार राई गुरुङ र लिम्बूलाई प्रत्येक निर्वाचन क्षेत्रमा फेरि तितरबितरपार्नेछ ।
यसरी निर्वाचन क्षेत्र निर्धारण गर्दा सम्भव भए सम्म सबै निर्वाचन क्षेत्र खसआर्य बाहुल्य बनाउनेछ अथवा सबैमा बाहुल्य नहुने देखिएमा केहीमा बाहुल्य हुने गरि डिजाइन गर्नेछ । यसरीभोलि चुनाव हुँदा आफ्नो धेरै जनसंख्या रहेको सवै निर्वाचन क्षेत्रमा हरेक पार्टीले बाहुन क्षेत्री उम्मेदवार खडा गर्नेछ र जित पनि उनिहरुकै हुन्छ किनकि बाहुन क्षेत्रीको सबै भोट स्वत:उनिहरुकै मान्छेलाई जानेछ । बाकी केहि आदिवासी जनजाती धेरै रहेको क्षेत्रमा चाहि सुभाष नेम्बाङ , पृथ्वीसुब्बा गुरुङ , कृपाशुर शेर्पा , धनराज गुरुङ , सेरधन राई जस्ता उनिहरुकोहलि नेतालाई टिकट दिनेछ । यो प्रक्रियाले यी हलिहरु पनि २/३ जना प्रादेशिक सरकारमा सहभागी गराउनेछन् टाउको देखाउनको लागि अनि बाहुनले अहिले जस्तै भन्नेछ -' हाम्रोसरकार समाबेशी छ ।'
यहि ६ प्रदेशको खाका हुबहु लागू भयो भने अब हुने प्रदेश सभाको चुनावमा प्रदेश नम्बर २ बाहेक प्रदेश १,३,४,५ र ६ गरि जम्मा ५ वटा प्रदेशको प्रादेशिक सरकार बाहुन क्षेत्रीको मुठ्ठीमाहुनेछ । प्रदेशसभाको बहुमतले प्रदेशको नाम राख्ने भनेर अस्ति नै पन्डितहरुले सल्लाह गरिसकेको छ त्यसैले अब प्रदेशहरुको नाम पनि पहिचानमा आधारित नहुने करिब निस्चितभइसक्यो । प्रादेशिक सरकार उनीहरुको मुठ्ठीमा भए पछि लाटोले पनि बुझ्ने कुरा हो कि केन्द्रीय सरकारमा पनि स्वत: उनिहरु नै पुग्छन् । घुमाइ फिराई रुम्जाटार भने झै ६/७ बर्षझुलाउदा झुलाउदा अन्ततः पन्डितहरुले नेपाललाई फेरि पनि बाहुन राज्या र हिन्दु राज्य नै कायम राख्ने देखियो ।
Tribhuvan Writes:
Bahun haru jata tyatai chireka chan. voting pranalima PROOF OF RESIDENCE laagu huna parcha. Typ bhaneko ke ho bhane jun thau ma vote khasalincha thyas thaun ko raithani hunu parcha. Matlav bahun chettri haru ko pustako basai kahan hun bhanne kura spashta hunu parcha. sansar ma kunnai desh chiarna jahan jatta bhabai vote khasalnu paunu. Nepal ma pani laagu huna parcha. Aaphnu pusta kopraman ra ghar jaga baje baraju ko raithani clear hunu parcha ani matrai voe khasalne adhikar paunu archa. Natrata gnja ol garera voe jitnae kuraauncha. vote khasalne adhikar sabai ko cha tara aaphnu pustauli raithani thaun bata matrai. kathmandu aayo, kaam kaaz gardai ma Kathmandu ma vote khasalnu paudaina. Yasto pranali bhayena bhane Indina ahru aayera Nepali rajdhani liyera Nepalma vote khasalne ho bhane Nepal ta Hindustan bhayera jana kehi ber lagndaina. Tara yo ekatmak Bahun sarkar le yaso garna mandaina. Afnu bahulyata bhayo ki vote khasalera jitna matrai khojchan ra adhibasi janjati ko adhikar lotera raaj garna ma matrai uiahruko kwaab pura huncha. PROFF OF RESIDENCE lai compulsory banaunu parcha. Kehi aru nitam haru sahit yo PROOF OF RESIDENCE bhayena bhane cha pradesh hoos ya saath pradesh hos ya egharo Pradesh hos adhibasi janjati prati anyaye bahek aru kehi huna sakdaina.
No comments:
Post a Comment